प्रधानन्यायाधीश प्रकरण : एमाले मौन, नेकपा एसले भन्यो- अध्ययन गर्दैछाैँ — OSNepal

प्रधानन्यायाधीश प्रकरण : एमाले मौन, नेकपा एसले भन्यो- अध्ययन गर्दैछाैँ

LC (KTM) October 25, 2021 0

काठमाडौं, ८ कात्तिक-प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् ।प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएका छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ ।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए ।
नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेकाे’ बताए । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भने ।

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामा चर्काे दबाब छ । जबराले आज साेमबारका लागि सर्वाेच्च अदालतकाे फुलकाेर्ट बाेलाएका छन् । तर, सर्वाेच्चका १४ न्यायाधीशले बहिस्कारकाे निर्णय लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर