काठमाडौं ८ कात्तिक । बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेका डीएसपी विश्वराज खड्कालाई दरबारमार्गको जिम्मा दिन काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी खड्कालाई दिएको हो । यसअघि धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेका खड्कालाई त्यसपछि गजुरी बाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय, बुटवल डीएसपी मदन कुँवरलाई हटाई डीएसपी ठगबहादुर केसीलाई त्यस स्थानको जिम्मेवारी दिइएको छ ।