आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तान संग भारत पराजित भएको छ । यी दुई देशबीचको भिडन्तलाई पुरा बिश्वले नियालिरहेको थियो । यसैक्रममा दुबईमा केही बेर अघिस सम्पन्न खेलमा प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले शानदार जित हासिल गरेको हो । पाकिस्तानका लागि भारतले दिएको १ सय ५२ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गरेर भारत माथिको ऐतिहासिक जित निकालेको हो । पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले । रिजवानले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । कप्तान आजम ६८ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाएका थिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।हसन अलिले २ तथा शादब खान र हरिस राउफले एक एक विकेट लिएका थिए । जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।