आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । यी दुई देशका लागि यो खेलको लडाई मात्र हैन अस्तित्वको लडाई समेत रहेको छ । त्यसैले आजको खेल दुबै टिमले सकेसम्म जित्न जुनसुकै हद पार गर्न सक्ने देखिएको छ । दुबईमा जारी खेलमा भारतले पाकिस्तानलाई जितका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको हो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले संगै धरापमा परेको भारत उक्सिएको थियो । यसैक्रममा ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाएका थिए ।
रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भएका थिए ।भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी सुन्य रनमा अविजित रहे । पाकिस्तानका शाहिन शाह अफ्रिदी एक्लैले ३ विकेट चड्काएका थिए । हसन अलिले २ तथा शादब खान र हरिस राउफले समान एक एक विकेट लिए ।