एमालेले जोगाइदिएको साखकै कारण प्रचण्डले संसदमा फुर्ती–फार्ती देखाउने ? : अध्यक्ष ओली — OSNepal

एमालेले जोगाइदिएको साखकै कारण प्रचण्डले संसदमा फुर्ती–फार्ती देखाउने ? : अध्यक्ष ओली

LC (KTM) October 24, 2021 0

झापा ७ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेले माधव नेपाल जस्ता अपराधी तत्वलाई एमालेमा ठाउँ नभएको बताएका छन् । गृह जिल्ला झापा पुगेका अध्यक्ष ओलीले अरु साथी एमालेमा फर्किए पनि नेपाल जस्ता फोहोरी तत्व पार्टीमा थुपारेर काम नभएको बताएका हुन् ।

‘माधव नेपालबाहेक अरु साथीहरु एमालेमै फर्किए हुन्छ। फोहोरी तत्वहरु थुपारेर काम छैन। त्यसकारण मैले भनेको हो । माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ दिँदैन। अरु साथीहरु फर्किए हुन्छ।’ ओलीले भने ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि समेत कडा आलोचना गरेका छन् । ओलीले एमालेले जोगाइदिएको साखकै कारण प्रचण्डले संसदमा फुर्ती देखाएको बताएका छन् । ओलीले अबको चुनावमा माधव नेपाल र प्रचण्डले चुनाव जित्न नसक्ने दावी समेत गरेका छन् ।

अबको चुनावमा एमालेले बहुमत ल्याउने समेत दावी गरेका छन् । ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन् । त्यो हामीले जोगाइ दिएको हो।’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर