कोरोना सङ्क्रमणबाट वडा सदस्य जगन्नाथको मृत्यु,सदस्यको निधन भएपछि आज शोक बिदा दिइयो — OSNepal

कोरोना सङ्क्रमणबाट वडा सदस्य जगन्नाथको मृत्यु,सदस्यको निधन भएपछि आज शोक बिदा दिइयो

LC (KTM) October 03, 2021 0

डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यही असोज १४ गते अस्पताल भर्ना हुनुभएका उहाँको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर