प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राख्ने स्वयम्भू बस्ने एक जना पक्राउ — OSNepal

प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राख्ने स्वयम्भू बस्ने एक जना पक्राउ

LC (KTM) October 03, 2021 0

ललितपुर १७ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठ पक्राउ परेका छन् ।

निजले ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई अपशब्द बोली टिकटक बनाएका श्रेष्ठले महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई र्दुव्यवहार गरेका हुन् ।

यस विषयलाई प्रहरीले अनुशनधान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर