अपाङ्गता भएका महिलालाई वी नेपालको १५ दिने सीपमुलक तालिम — OSNepal

अपाङ्गता भएका महिलालाई वी नेपालको १५ दिने सीपमुलक तालिम

LC (KTM) August 15, 2021 0

काठमाडौं । एबिलिसि फाउण्डेशनको आर्थिक सहयोगमा वी नेपालले १५ जना अपाङग्ता भएका महिलालाई हस्तकला सम्बन्धि पोतेको माला तथा गहना बनाउने सीपमुलक तालिम प्रदान गरेको छ । अपाङगता भएका महिलाको आर्थिक सशक्तिकरण होस भन्ने मर्मका साथ एबिलिस फाउण्डेशन फिनल्याण्डको सहयोगमा वी नेपालले सो तालिम प्रदान गरेको हो ।

अगष्ट १५ तारिक आइतवारका दिन तालिमको समापन गर्दै एबिलिस फाउण्डेशनका नेपाल संयोजक डा बीरेन्द्रराज पोखरेलले तालिम लिएका महिलाहरुलाई प्रमाणपत्र बितरण गर्दै यसले अपाङग्ता भएका महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । फाउण्डेशनका नेपाल संयोजक पोखरेलले उक्त तालिमबाट प्राप्त दक्षता र सीपको उच्चतम प्रयोग गरेर अपाङग्ता भएका महिलाहरुको जीवनमा आर्थिक क्रियाशिलता बृद्वि हुनेमा आफु विश्वस्त रहेको बताए । भूकप्मबाट प्रभावित भई परिवारका सदस्य तथा सम्पति समेत गुमाएका महिलालाई यस तालिमले आर्थिक सबलीकरणको लागि ठोस योग्दान पुर्याउने कुरामा विश्वास पोखरेलले व्यक्त गरे ।

समापन समारोहमा वी नेपालकी अध्यक्ष साबु पौड्यालले संस्थाले ५ बर्षदेखि अपाङगता भएका महिलालाई सीपमुलक तालिम प्रदान गर्दै आएको बताईन । उनले सीपमुलक तालिम लिएका महिलाहरुले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा समेत वी नेपालले समन्वय गर्ने बताईन । कार्यक्रममा तालिम प्राप्त गरेका महिलाहरुले तालिमले आफुहरुमा आत्मविश्वासको बृद्वि भएको प्रतिक्रिया दिएका थिए ।

समापन समारोहमा राष्ट्रिय अपाङग महासंघकी संघीय सदस्य देवकला पराजुलीले तालिममा सहभागी महिलालाई बधाई तथा एबिलिस फाण्डेशन र वी नेपाललाई धन्यवाद व्यक्त गरेकी थिइन । एबिलसि फाउण्डेसनले अपाङगता भएका व्यक्तिहरुको आर्थिक सशत्तिकरण तथा क्षमता अभिवृद्विका लागि गरेको योग्दान अतुलनिय भएको पराजुलीले बताईन ।

यसै प्रकृतिको कार्यक्रमको दोस्रो श्रृंखला धादिङ जल्लाका अपांगता भएका महिलाका लागि एबिलिस फाउण्डेशको सहयोगमा वी नेपालले संचालन गर्ने संस्थाकी अध्यक्षले जानकारी दिएकी छिन् । समापन समारोहमा रोटरी क्लव अफ जावलाखेलका उपाध्यक्ष तिलक तिवारी र एबिलिस फाउण्डेशन नेपालकी साहयक संयोजक लक्ष्मी देशारको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर