स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित ३ जना कालीदहबाट पक्राउ — OSNepal

स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित ३ जना कालीदहबाट पक्राउ

LC (KTM) August 15, 2021 0

रुपन्देही, ३१ साउन- लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान रहेका छन् ।

लु.४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर