नवलपुर–चौतारा सडक अवरुद्ध — OSNepal

नवलपुर–चौतारा सडक अवरुद्ध

Kesh Karki (USA) August 14, 2021 0

अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ ।

इन्द्रावती गाउँपालिका–२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिनुभयो । सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । निरन्तर रुपमा पहिरा खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वरिबहादुर तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर