डा. सविना प्रधान – प्रसुतिशास्त्र तथा स्त्री रोग बिशेसज्ञ, डा. अर्चना कायष्ठ – शीशु रोग बिशेसज्ञ, डा. दिनेश पोखरेल – आन्तरिक चिकित्सक, डा. सन्ध्या धिताल – थाईरोड स्वास्थ्य र दन्त चिकित्सा सहायिका – रेश्मा कार्की खड्का जस्ता अनुभवी चिकित्सकहरुसँग स्वास्थ्य परामर्श लिन चाहानुहुन्छ ? यदी त्यस्तो हो र तपाई क्यालिफोर्नियामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर रहेको छ ।
सेप्टेम्बेर २३ गते नेपाली महिला विश्व संजाल (यन डब्लु जि यन) – क्यालिफोर्नियाद्वारा स्वास्थ्य जागरुकता र सेवा पहुँचको हेतुले आयोजित स्वास्थ्य व्यवस्थापन र प्रबन्धन कार्यक्रममा सहभागी हुन नभुल्नु होला । सो कार्यक्रममा काइजर अस्पतालका अनुभवी तथा प्रारम्भिक बिशेसज्ञहरुद्वारा सामान्य स्वास्थ्य जांच र सल्लाह प्रदान पनि गरिनेछ।
२९३९ इलिस इस्ट्रित, बर्क्ली, क्यलिफोर्निया ९४७०३ शनिबार सेन्टरमा सनिबार, सेप्टेम्बेर २३ का दिन दिउँसो १ बजे देखि ४ बजे सम्म संचालन हुने कार्यक्रममा सहभागी भएर आफ्नो स्वास्थ्यबारे आफ्ना केही प्रस्नहरुको जवाव खोज्ने अवसर लिनुका साथै आफ्नो उपस्थिति जनाउन आयोजकले क्यालिफोर्नियामा बस्ने नेपालीहरुमा अपिल गरेको छ ।