उत्तर कोरियाली नेता किम ‘रूस प्रस्थान’ : योनहाप — OSNepal

उत्तर कोरियाली नेता किम ‘रूस प्रस्थान’ : योनहाप

LC (KTM) September 11, 2023 0

सियोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ ।

कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।

अमेरिकी र अन्य अधिकारीहरूले हालै द न्यूयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना छ ।

प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौंदेखि प्योङयाङको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ ।

उत्तर कोरियाली नेता किमले युक्रेनमा मस्कोको आक्रमणको समर्थन गर्दै आएका छन् जसमा रकेट र क्षेप्यास्त्रआपूर्ति पनि समावेश छ ।

गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर