थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिबेशन सम्पन्न — OSNepal

थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिबेशन सम्पन्न

LC (KTM) July 09, 2023 0

नेपालको बिभिन्न भूभागबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय र अध्यान अध्यापनमा रहेका थारु समुदाय बीच साझा चौतारीको रुपमा स्थापित थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिबेशन ८ जुलाईका दिन सिड्नीको ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको छ। अधिबेशनले बर्तमान अध्यक्षता दीपनारायण चौधरीलाई पुन अध्यक्षमा चयन गर्दै र निबर्तमान कार्य समितिलाई थोरै मात्र थपघट गरि आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ। कार्य समितिको दुइ उपाध्यक्षमा निमेष लेखि र बिनय चौधरी , महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा सिम्रिका चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा सिद्दान्त चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ ।

त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा रितु चौधरी, सुनाम चौधरी, मधुकर चौधरी, उपशना चौधरी, रञ्जना चौधरी , नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, मिलन चौधरी, सुनिल चौधरी,आर्यण चौधरी थारू रहेका छन् ।महिला सहभागितालाई अझै बढाउदै लाने उदेश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरीलाई जिम्मेवारी दिएको छ। यसै गरि संस्थाले रामेश्वर चौधरी बरिष्ठ सल्लाहकार रहेको र दुर्गानन्द चौधरी तथा जानुका चौधरी सल्लाहकार रहेको तिन सदस्यीय सल्लहाकार समितिको पनि गठन गरेको छ।संस्थाका पव्लिक अफिसर अरूण चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको अधिबेशन कार्यक्रममा महासचिब पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हाल सम्म भएको सम्पूर्ण कार्य बिबरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय व्यय प्रस्तुत गरेका थिए ।

पुन अध्यक्ष्य निर्बाचित भइ जिम्मेवारी लिए संगै नवनिर्वाचित अध्यक्ष दिप नारायण चौधरीले संस्थालाई अझै सवल वनाउदै, बिबिध परोपकारी कार्यहरु सहित थारू समुदाय तथा बिधार्थीमा पर्ने बिबिध समस्यामा बिगतमा जस्तै संस्था सहयोगी रहने बताए।२४ औं विश्व आदिबासी दिवसको अबसर पारेर ९ अगस्ट २०१८ मा संस्था स्थापना गरी कार्य समिती गठन गरिएको हो। स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने बिबिध सामाजिक एबम परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउदै उदहरणीय रुपमा प्रस्ततु हुन् सफल रह्यो। यसका अलाबा यहाँ रहेका सबै संघ सस्थाहरुसंग आपसी सदभाब राख्दै संस्कृतिक बिबिधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वलाइ थारु समुदाय र अन्य नेपाली समुदाय माझ परिचित गराउन पनि संस्था सफल रह्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर