के तपाई ६० डिग्री सेल्सियस भन्दा तातो चिया पिउँदै हुनुहुन्छ ? तपाईले क्यान्सर निम्त्याउँदै हुनुहुन्छ — OSNepal

के तपाई ६० डिग्री सेल्सियस भन्दा तातो चिया पिउँदै हुनुहुन्छ ? तपाईले क्यान्सर निम्त्याउँदै हुनुहुन्छ

LC (KTM) February 19, 2023 0

के तपाई तातो कफी वा चिया पिउन मन पराउनुहुन्छ ? यदि तपाईंको जवाफ हो भने तपाईंले खतरनाक रोगको सामना गर्नुपर्ने हुन सक्छ। हामीले यो भनिरहेका होइनौँ तर एउटा अध्ययनले यस्तो दाबी गरेको छ । एक इन्टरनेशनल मेडिकल जर्नलमा यसै हप्ता प्रकाशित गरिएको नयाँ अध्ययनमा दैनिक ६० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा चिया वा कफी वा अन्य तातो चिज पिउनाले क्यान्सरको खतरा बढ्न सक्ने दाबी गरिएको छ ।

अध्ययनका अनुसार दैनिक ७०० एमएलभन्दा बढी तातो चिया वा कफी वा अन्य कुनै तातो पेय पिउनाले अन्ननलीको क्यान्सरको जोखिम ९० प्रतिशतसम्म बढाउन सक्छ । खानाको नली ९खाद्य पाइप० मा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थालेपछि एसोफेजियल क्यान्सर हुन्छ। विश्व स्वास्थ्य संगठनले चिया र कफी जस्ता तातो पेय पनि उक्त सूचीमा रहेको बताएको छ ।

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर , १० देशका २३ जना वैज्ञानिकहरू मिलेर बनेको, तातो पेय पदार्थ र क्यान्सरबीचको सम्बन्धको जाँच गर्ने झण्डै १,००० अध्ययनहरूको समीक्षा गरेको छ । धेरै तातो पेय पिउनाले तपाईको टेस्ट बड टंग सेल पनि नराम्रोसँग प्रभावित हुन सक्छ। तातो चीजहरू नियमित रूपमा सेवन गर्दा तपाईंको जिब्रोलाई गम्भीर रूपमा जलाउन सक्छ। टेस्ट बडलाई हानि पुर्याउन सक्छ।

यति मात्र होइन, यसले ओठलाई पनि असर गर्छ । धेरै अवस्थामा धेरै तातो चिजको सेवनले ओठ जल्ने गरेको देखिएको छ । यस बाहेक मुटुको समस्या पनि आउन सक्छ । इरानमा गरिएको एक अध्ययनले दैनिक ७०० मिलिटर तातो चिया पिउने व्यक्तिमा खाना नलीको क्यान्सर हुने सम्भावना ९० प्रतिशत बढेको देखाएको छ । खाना नलीमा ट्युमर बढ्दा वा अन्ननलीको अस्तरमा रहेका कोशिकाहरू परिवर्तन हुँदा एसोफेजियल क्यान्सर हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर