कोरोना विरुद्धको भेरोसेल खोप ल्याउन निगमको जहाज चीन जाँदै — OSNepal

कोरोना विरुद्धको भेरोसेल खोप ल्याउन निगमको जहाज चीन जाँदै

LC (KTM) July 08, 2021 0

काठमाण्डौ – कोरोना विरुद्धको भेरोसेल खोप ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । बेलुकी चीन जाने निगमको वाइडबडी जहाजले भोलि खोप नेपाल ल्याउने कार्यतालिका छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर