धानको ब्याडमा पानी लगाउने विषयमा झगडा भएपछि घरमै गई फलामको पाइप टाउकोमा प्रहार गरी वृद्धको ह त्या — OSNepal

धानको ब्याडमा पानी लगाउने विषयमा झगडा भएपछि घरमै गई फलामको पाइप टाउकोमा प्रहार गरी वृद्धको ह त्या

LC (KTM) July 08, 2021 0

पाँचथर: धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको ह त्या भएको खुलेको छ। अनुसन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई उक्त घटनामा संलग्न देखिएको आरोपमा प्रहरीले पक्राउ गरेपछि घटनाको कारण पत्ता लागेको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम–४ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू र श्रेष्ठवीच जग्गाको साँधका विषयमा विवाद चल्दै आएको थियो।

इङ्वाको ह त्या भएको दिन गत जेठ २९ गते दिउँसोसमेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झगडा भएको थियो। आवेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धारिलो हतियारले अनुहार तथा फलामको पाइपले टाउकोमा प्रहार गरेर छोडेर हिँडेको पाइएको प्रहरीले जनाएको छ।

इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय पक्षघात पीडित श्रीमती मात्रै बस्दै आएका थिए। अनुसन्धानकै क्रममा हत्याको घटनामा श्रेष्ठले लगाएका कपडा, हत्यामा प्रयोग भएको बामफोक र पाइप फेला परेपछि श्रेष्ठले उक्त घटना घटाएको निष्कर्षमा पुगेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।

हत्यामा संलग्न श्रेष्ठ सडक विभागअन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा समेत काम गर्दै आएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर