रुषा थापा
हामी नेपालीहरु विकसित विदेश, छिमेकी मुलुकलगायत अन्य देशमा पढ्न, काम गर्न, आफन्तजन भेट्न वा घुमफिर गर्न गएमा त्यस देशको बाटोमा गुडिरहेका ट्याक्सी देख्दा लोभ लाग्छ । सञ्चालनमा रहेका सबै ट्याक्सी लक्जरी छन् । यी सबै ट्याक्सीहरु नयाँ छन् । यात्रुको सामान राख्ने ठाउँ पनि प्रशास्त र ट्याक्सीमा यात्रुलाई आवश्यक पर्ने सेवासुविधा पनि छ । यस्तो ट्याक्सी केही गरी दुर्घटनामा परेमा पनि धेरै क्षति हुदैँन । साथै ट्याक्सी पनि लामो र फराकिलो भएकाले त्यो ट्याक्सीमा बस्दा यात्रुहरु टाउको निहुराएर वा खुट्टा खुम्चाएर बस्नुपर्दैन । ट्याक्सीका साथ चालकहरु पनि सफा हुने गर्छ । उनीहरुको बोलीबचन पनि त्यत्ति नै राम्रो छ । सरकारले तोकेको भन्दा बढी भाडा उनीहरु यात्रुसँग लिदैँनन र यात्रुले भनेको ठाउँमा जान्छन् ।
साथै, केही गरी ट्याक्सीमा यात्रुको सामान छुटेमा उनीहरु त्यो सामान घरमै पुप्याइदिन्छन् । यसरी लक्जरी वा सुपर डिलक्स ट्याक्सी चलाउँदा सहरको सुन्दरतामा कुनै गिरावट आएको छैन । अन्य देशमा सञ्चालनमा भएका ट्याक्सीहरु सबै कम्पनीमार्फत सञ्चालन गरिएको हुन्छ । जसले गर्दा कुनै एक व्यक्तिले ट्याक्सी किनेर व्यवसाय गर्छु भन्न पाउँदैन । यता कम्पनी खालेर वा दर्ता गरेर कम्पनीमार्फत ट्याक्सी सञ्चालन गर्दा त्यो ट्याक्सी मार्फत सञ्चालन भएका ट्याक्सीले यात्रुसँग बढी भाडा लिएमा, यात्रुसँग नराम्रो व्यवहार गरेमा वा यात्रुले भनेको ठाउँमा नगए त्यस कम्पनीको दर्ता खारेज गर्ने वा कारबाही गर्ने गर्छ सरकारले । साथै, कम्पनी दर्ता गर्दा नै सरकारले एउटा कानून वा मापदण्ड बनाएको हुन्छ ।
त्यो मापदण्ड पालना गरेर पहिला कम्पनी दर्ता गराई ट्याक्सी सञ्चालन गरेर जनतालाई सेवासुविधा दिनुपर्छ । त्यस्तै, कम्पनी जसले पनि दर्ता गर्न पाउने र कम्पनीमार्फत सबैले ट्याक्सी सञ्चालन गर्न पाउने । त्यँहा कम्पनी दर्ता वा व्यवसाय गर्न कुनै रोकतोक वा सिण्डिकेट हुदैँन । कुनै कम्पनीले हजार त कुनै कम्पनीले दुई हजार ट्याक्सी सञ्चालन गरेका छन् । त्यसैले, त्यस्ता देशहरुमा पुराना, थोत्रा, कबाडी वा प्रदूषण गर्ने ट्याक्सी एउटा पनि बाटोमा भेटिदैँन । ट्याक्सीले नै सहरलाई सुन्दर बनाउँछ भनेर अन्य मुलुकमा बाटोमा गुडिरहेको ट्याक्सीले सावित हुन्छ । यसले सहरको सुन्दरता त माथि आइनै हाल्यो तर त्यँही देशबासी वा अन्य देशबासीले पनि पैसा तिरेर गुणस्तरीय ट्याक्सी चढ्न पाएका छन् ।
यता यात्रा गरेपछि ट्याक्सी चालकले मिटरमा उठेको पैसाको बिल बनाउँछ र त्यसैअनुरुप यात्रुसँग भाडा लिन्छ । अन्य देशहरुमा यात्रुलाई अनिवार्य रुपमा मिटरमा लैजानुपर्छ । साथै, एउटा कम्पनीले कतिवटा ट्याक्सी सञ्चालन गरेको छ, कति लगानी गरेको छ, त्यसबापत दिनहुँ कति आम्दानी गर्छ ? यी सबैको डाटा सरकारसँग हुन्छ ।जसले गर्दा ट्याक्सीमा लगानी गरेको र दैनिक आम्दानी गरेको रकमले राज्यले रास्व उठाउँछ । यता बिग्रेको वा अवस्था ठिक नभएको ट्याक्सी चलाएमा सरकारले त्यस्ता ट्याक्सीहरु चलाउन दिने कम्पनीलाई पनि कारबाही गर्छ । यता गाडी हेर्दा यस्तो महंगो र राम्रो भएका पनि ट्याक्सीमा दर्ता गराएर चलाईरहेको छ । त्यँहा ट्याक्सीबाट कुनै पनि नागरिक ठग्दिैँनन र कसैलाई पनि ट्याक्सीप्रति गुनासो छैन । जसले गर्दा त्यसको देश र सरकार दुवैको इज्जत झन् माथि गइरहेको छ । सरकारकै मापदण्ड र कानूनअनुसार त्यस देशका ट्याक्सीहरु सञ्चालन भइरहेका छन् । यता सर्वसाधारण जनता, अशिक्षित वा गरिबहरुले पनि ट्याक्सी चढ्न पाएका छन् र ठगिनबाट जोगिएका छन् । आर्थिक अवस्था कमजोर भएका वा बिरामीहरुलाई वा त्यस ट्याक्सी चालक वा कम्पनीले निःशुल्क रुपमा यात्रा गराउने गर्छन् । हाम्रो देशबाट अन्य मुलुक गएका वा अन्य मुलुकबाट नेपाल भित्रिएका मानिसहरु अन्य देशको ट्याक्सी र हाम्रो देशको ट्याक्सी देख्दा अचम्म मान्छन् । उनीहरु अन्य मुलुकको ट्याक्सीको गुनगान गाउँछन् र हाम्रो देशको ट्याक्सीलाई घृणा गर्छन् ।
अखिर नगर्नु पनि त किन ? हाम्रो देशका ट्याक्सीहरु सबै थोत्रा, पुराना र कबाडी छन् । त्यस्तै, ट्याक्सी चालकहरु पनि यात्रुसँग राम्रो व्यवहार गर्दैन र सेवाको नाममा ठग्छन् । यता अन्य मुलुकका ट्याक्सी चालकहरुलाई यात्रुले खुशी भएर मिटरमा उठेको भन्दा बढी रकम टिप दिएमा पनि चालकहरु लिन मान्दैनन् । तर नेपालमा त बढी भाडा दिन्छु नभनेसम्म ट्याक्सी चालकहरु यात्रुले भनेको ठाउँमा जान मान्दैनन् ।यता अन्य मुलुकका ट्याक्सी चालकहरु कम्पनीको निर्देशन, सरकारको कानून मान्छन् त यात्रुप्रति जिम्मेवार हुन्छन् । जसले गर्दा पनि त्यँहा ट्याक्सी सञ्चालन गर्ने र ट्याक्सी चलाउने चालक दुवैको मान छ । तर नेपालमा यसको ठ्याक्कै उल्टो छ । नेपालमा सञ्चालनमा रहेका ट्याक्सीहरु सबै व्यक्तिले सञ्चालन गरिरहेका छन् । अहिलेसम्म कम्पनीमार्फत एउटा पनि ट्याक्सी सञ्चालन भएको छैन । यँहा सञ्चालनमा रहेका ट्याक्सीहरु सबै मारुती (७९६ सिसि) को अल्टो ट्याक्सी छन् । यी ट्याक्सीहरु सल्लाई बट्टा जस्तो छ । यात्रुहरु ट्याक्सीमा बस्दा निहुरिनुपर्छ र खुट्टा खुम्चाउँनुपर्छ । यता मोटामोटा तीन जना ट्याक्सीमा बसेमा ट्याक्सीले यात्रु तान्न सक्दैँन । उल्टै यात्रुले ट्याक्सी तान्नुपर्ने बाध्यता छ ।
यस्ता ट्याक्सीहरु देशको राजधानीलगायत अन्य ठाउँमा गुडिरहेका छन् । यी ट्याक्सीहरु राजधानी लगायत अन्य स्थलमा गुड्दा सहरको सुन्दरताका साथ देशको मुहार नै फेरिएको छ । यस्ता ट्याक्सीले गर्दा प्रदूषण, दुर्घटना र ट्राफिक जाम भइरहेको छ । यात्रुले ट्याक्सी चालकले भनेजति भाडा तिरेर पनि सेवासुविधासहित गुणस्तरीय ट्याक्सी चढ्न पाएका छैनन् ।
यसले यात्रु त ठगिनै रहेका छन् । तर नेपालमा विगत ३५ वर्षदेखि ट्याक्सीमा सिण्डिकेट छ । जसले गर्दा सर्वसाधारणले मर्दा वा पर्दा ट्याक्सी चढ्न पाउँदैनन् । अहिले सञ्चालनमा रहेका ट्याक्सीहरु चक्रपथबाहिर जान मान्दैनन् र यी ट्याक्सीहरुको रोडपर्मिेट उपत्यकाभित्र मात्रै भएकाले यीनीहरु उपत्यकाबाहिर जान पाउँदैनन् । त्यस्तै, ट्याक्सी चालकको व्यवहारले गर्दा यात्रुहरु पीडित भएका छन् । उनीहरु न सरकारले तोकेको भाडादरमा जनतालाई सेवा दिन्छन् न यात्रुले भनेको ठाउँमा जान नै मान्छन् । अन्य मुलुकबाट नेपाल भित्रिएका मानिसहरु भन्छन्, नेपालमा सञ्चालनमा रहेका ट्याक्सीको भाडाभन्दा पनि विदेशी मुलुकमा सञ्चालनमा रहेका ट्याक्सीको भाडा सस्तो छ । नेपालमा एकतिर ट्याक्सी पनि सबै थोत्रा, पुराना र कबाडी छन् भने अर्कोतिर भाडा भने तिरेर साध्य छैन । यसले गर्दा नेपाली त ट्याक्सी चालकबाट ठगिनै रहेका छन् तर नेपाल घुम्न आएका विदेशी पर्यटकहरु पनि ट्याक्सी चालकबाट ठगि रहेका छन् र थोत्रा, पुराना र कबाडी ट्याक्सी चढ्न बाध्य छन् ।
पर्यटकहरु यँहा ट्याक्सीमा भएको बेथितिको बारेमा आफ्रनो देशमा गएर त्यँहाका मानिसहरुसँग कुराकानी गर्छन् । यसले गर्दा विदेशी मुलुकमा हाम्रो देशको बेइज्जत भइरहेको छ । त्यसैले, अब नेपाल सरकारले अन् मुलुक कहाँ जसरी हाम्रो देशमा पनि लक्जरी र गुणस्तरीय ट्याक्सी सञ्चालनमा ल्याउनुपर्छ ।
साथै, कम्पनीमार्फत ट्याक्सी सञ्चालन गर्न दिनुपर्छ । अब सरकारले व्यक्तिमार्फत ट्याक्सी सञ्चालन गर्न वा दर्ता गर्न दिनुहुदैँन । यता कम्पनीमार्फत ट्याक्सी सञ्चालन गर्नका लागि नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ । यदि सरकारले यो कामको थलानी छिटो नगर्ने हो भने राज्यको ढुकुटीमा राजस्व पनि आउँदैन, यात्रुले पैसा तिरेर पनि सेवासुविधा पाउँदैनन् र सहरको सुन्दरतामा पनि झन् गिरावट आउँछ ।
यता अहिले भएका ट्याक्सीमा भएको बेथिति, सिण्डिकेट र ठगिधन्दा पनि बन्द हुदैँन । २०६९ साल माघ महिनामा सानोठुलो यातायात कार्यालय एकान्तकुनाले यातायात व्यवस्था विभागसँग पाँच हजार सुपर डिलक्स वा लक्जरी ट्याक्सी खोल्नका लागि माग गरेको थियो । ट्याक्सीको आवश्यकता झन् बढेकोले वर्षेपिछे ट्याक्सीको नयाँ दर्ता खुलाउन यातायात कार्यालयले यातायात व्यवस्था विभाग वा यातायात मन्त्रालयसमक्ष माग गरेको थियो । सञ्चालनमा रहेका सबै ट्याक्सी थोत्रा, पुराना, कबाडी, स्वदेशी र विदेशीलाई सेवा दिन नसक्ने, उपत्यका बाहिरबाट फर्केर आउन नसक्ने र ट्याक्सीका कारण पर्यटकहरु पनि नेपालमा कम आई अर्थतन्त्रमा समेत असर पर्ने गुनासो थियो । यता बागमती अञ्चलमा २०५७ ज्येष्ठ १७ गते ट्याक्सीको दर्ता बन्द भएको थियो । ट्याक्सीको दर्ता बन्द हुने बेला त्यसबेला ट्याक्सीको कूल संख्या ७ हजार ५ सय थियो । ज्समध्ये ५ हजार ६५० ट्याक्सी पेट्रोलबाट र १८५० ओटा ट्याक्सी डिजेलबाट चल्ने दर्ता भएको थियो । डिजेलबाट दर्ता भएको ट्याक्सी दर्ता भएको मितिले एकडेढ वर्ष चल्यो र त्यसपछि विस्थापना भयो । २०५७ सालभन्दा पछि उपत्यकामा हवात्तै जनसंख्या बढ्यो । यँहा ७७ ओटै जिल्लाका मानिसहरु विभिन्न कामका लागि यँहा बस्छन् र विदेशीहरु पनि याँह घुमफिर गर्न आउँछन् ।
यँहा करोडभन्दा बढी जनसंख्या छ तर ट्याक्सीको संख्या झन् घटेको छ । सरकारले २०७२ साल जेठ २८ गते १८५० ओटा नयाँ ट्याक्सीको दर्ता खोल्यो । २०७२ साल साउन २० गते यातायात व्यवस्था विभागले त्यो ट्याक्सी किन्नका लागि १५ दिने सूचना जारी गप्यो । एउटा मानिसले नयाँ ट्याक्सी किन्नका लागि १ हजार १० रुपैँया राजस्व तिर्नुपथ्र्यो । त्यस्तै, १८५० ओटा ट्याक्सी किन्न १५ दिनमा १५ हजार ७ सय ५१ ज्नाले फर्म बुझाए । यत्रो मानिसहरुले लाइन बसेर फर्म बुझाए तर पछि १८५० मानिसहरुले गोलपथबाट ट्याक्सी पाए र अरु हेरेको हेरै भए । यता २०७२ साल बैशाख १२ गते भुकम्प गयो १४ जिल्लामा भुकम्पले क्षति पुप्यायो । जसले गर्दा सरकारले २०७२ साल चैत्र २१ गते १४ जिल्लाका भुकम्प पीडितलाई १५ सय ट्याक्सी दिने भनेर भन्यो । २०७३ साल साउन ५ गतेदेखि भाद्र ५ गतेसम्मका लागि ट्याक्सी सूचना जारी गप्यो । यता ट्याक्सी किन्नका लागि भुकम्प पीडित भएको कार्ड र १ सय १० रुपैँया राजस्व तिर्नुपथ्र्यो । १५ सय ट्याक्सी किन्न १ लाख ४९ हजार ५५८ जनाले फर्म बुझाए । उनीहरु रातभरि लाइनमा बसे अनि फर्म बुझाए ।
तर १५ सयले गोलपथबाट ट्याक्सी पाए अरुले पाएनन् ।
ट्याक्सी किनेर व्यवसाय गर्न चाहने यत्तिकै छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खालेमा सित्तैमा नम्बरप्लेट पाइन्छ । तर सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा २० वर्षे ट्याक्सीको स्क्राइभ गरेको नम्बरप्लेट १२ देखि १३ लाख पर्छ । यसले गर्दा एकतिर ट्याक्सीको संख्या बढेको छैन त अर्कोतिर २०४८ सालदेखि २०७९ सालसम्म एउटै मानिसले व्यवसाय गरिरहेको छ ।
ऋहिले पनि २० वर्षे गाडीको स्क्राइभ गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर ट्याक्सीमा दर्ता गराउँदा उसले अर्को २० वर्ष व्यवसाय गर्छ । सबै प्रदेशमा ट्याक्सीको नयाँ दर्ता बन्द छ । मानिसहरुले सरकारले नयाँ ट्याक्सीको दर्ता खालेरमा प्रत्येक किलोमिटर २० रुपैँया, शून्यबाट चलाउँछ र यात्रुलाई सेवा दिई राज्यलाई कर तिर्छुभन्दा पनि सरकार नयाँ ट्याक्सीको दर्ता खोल्दैँन । अहिलेपनि सरकार ट्याक्सी व्यवसायको अगाडि लम्पसार परिरहेको छ । कहिलेसम्म ट्याक्सीमा बेतिथि रहिरहन्छ, सरकार ?