सुर्खेत, २८ पुस सुर्खेतको वीरेन्द्रनगर–६ स्थित मुख्यबजारको फुटपाथमा बिक्रीका लागि राखिएको तरुल तथा सगरखण्डहरु । माघे सङ्क्रन्तिमा विशेषगरी तरुल सखरखण्डहरु खानेल प्रचलन गहेको छ ।
।
यो पनि : चीनमा मानिसको भीडमा कार हाँक्दा ५ जनाको मृत्यु:चिनियाँ प्रहरीले ग्वान्झाउमा पाँच जना पैदलयात्रीको मृत्यु हुने गरी कार हाँकेर १३ जनालाई घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति सर्वसाधारणको जनआक्रोश फैलाएको छ । धेरैले मानिसलाई जानाजानी लक्षित गरेर आक्रमण गरेको आरोप लगाएका छन् ।
अनलाइन पोस्ट गरिएका भिडियोहरूले दुर्घटना लगत्तै चालकले कारबाट बाहिर निस्केको र बैंक नोट हावामा फालेको देखाएको छ । प्रहरीले २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ र अनुसन्धान सुरु गरेको छ ।
१ करोड ९० लाख जनसंख्या भएको दक्षिणी ग्वान्झाउको व्यस्त जक्सनमा बुधबार साँझ भीडमा उक्त घटना भएका थियो । पछिल्लो समय यस्ता घटनाहरु दोहोरिने गरेका छन् । सन् २०२२ को फेब्रुवरीमा एक चालकले दक्षिणी प्रान्त फुजियानमा मानिसहरूमाथि एउटा मिनी ट्रक जोताउँदा तीन जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भए