कञ्चनपुर, १८ पुस : शुक्लाफाँटा नगरपालिका–७ जुडाका स्थानीय फार्ममा पालेका लौकाट चरालाई चारो खुवाउँदै । लौकाटपालन गरी स्थनीयबासीले आम्दानी लिने गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छmलफल भएको छ ।
सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू बालुवाटार पुगेर छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।