मुम्बई हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन भारत प्रतिवद्ध छ : जयशङ्कर — OSNepal

मुम्बई हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन भारत प्रतिवद्ध छ : जयशङ्कर

LC (KTM) November 26, 2022 0

नयाँ दिल्ली-भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका थुप्रै देशसँग मिलेर काम गरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो एउटा यस्तो अवसर हो, जहाँ सिङ्गो देशले यसलाई सम्झेको छ ।”

“हामी यस हमलाका दोषीलाई न्यायको कठघरामा उभ्याउने विषयमा दृढ छौं र न्यायको प्रक्रिया पूरा गर्न कटिबद्ध छौं । उहाँले भन्नुभयो, “आज मुम्बईमा भएको २६÷११ को आतंकवादी हमला भएको दिन हो । यतिका वर्ष बितिसक्दा पनि योजना बनाउने र त्यसको पालना गर्नेहरूले सजाय पाएका छैनन् । उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकिएको छैन । यसलाई हामी उच्च महत्व दिन्छौं ।”

सन् २००८ मा लश्कर–ए–तैयबाका १० आतङ्ककारीले मुम्बईमा १२ स्थलमा संयुक्त रूपमा गोली प्रहार र बम आक्रमण गरेका थिए । घटनामा कम्तीमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए ।गत महिना भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् (यूएनएससी) को दुई दिने आतङ्कवाद विरोधी बैठक आयोजना गरेको थियो, जुन भारतको आतङ्कवाद विरोधी समिति (सीटीसी) को अध्यक्षतामा थियो ।

बैठकपछि, दिल्लीमा एउटा घोषणापत्र जारी गरिएको थियो जसमा आतङ्कवादीहरूलाई सुरक्षित आश्रय स्थलहरूमा प्रवेश गर्ने अवसरलाई एक महत्वपूर्ण चिन्ताको विषयका रूपमा हेरिएको र सबै सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको लडाइँमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो ।

घोषणापत्रमा सबै प्रकारका र अभिव्यक्तिमा आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको पनि स्वीकार गरिएको छ । यूएनएससीको विशेष बैठकमा जयशंकरले विशेष गरी एशिया र अफ्रिकालगायतका स्थानमा आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेको बताएको थियो ।

‘मानवताको लागि सबैभन्दा गम्भीर खतरा’ सँग जुध्न सुरक्षा परिषद्को सर्वोत्तम प्रयासको बावजुद आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेकोबारे उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर