क्वलालम्पुर, १० मंसिर-यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।
एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ ।
यो पनि:एमालेका मल्ल विजयी- मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी हुनुभएको छ । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित हुनुभएको छ । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।