भोजपुर-भोजपुर नगरपालिका–८ का पूर्ववडाध्यक्ष गोपाल कार्कीको मङ्गलबार राखि भत्किएको घर । घटनामा कुनै मानवीय क्षति भने भएको छैन् । तस्बिर ः निरोज कोइराला÷रासस
सडक अतिक्रमण हटाउन शिवतासक्षी निर्देशन
सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिनुभएको हो ।
पूर्व–पश्चिम लोकमार्ग र नगरका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने, पशु चौपाय बाँध्ने, बिस्कुन सुकाउने सडकका नाली अतिक्रमण गर्ने कार्यले सवारीसाधान आवागमनमा समस्या भई दुर्घटना हुने गरेको र वातावरणसमेत दूषित हुने भएकाले नगरले सूचना नै जारी गरेर हटाउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।
उहाँले स्थानीय क्षेत्रमा हुने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राखेर मङ्गलबार सूचना प्रकाशन गरेको बताउनुभयो । सूचनालाई अटेर गरी अतिक्रमण नहटाएको वा सो कार्य गरिरहेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने उहाँको भनाइ छ ।