घरपालुवा कुुकुरमा पनि देखियो कोरोना संक्रमण — OSNepal

घरपालुवा कुुकुरमा पनि देखियो कोरोना संक्रमण

LC (KTM) November 11, 2021 0

लन्डन, २५ कात्तिक-बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपीएचएले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सारेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए ।

कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् ।

महामारीसम्बन्धी बेलायतका विज्ञ केथरिन रुसेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनाबरमा पनि भाईरस सर्छ । जनाबरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर