प्राडा जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट एकाएक किन हटाइयो — OSNepal

प्राडा जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट एकाएक किन हटाइयो

LC (KTM) May 24, 2021 0

काठमाडौं-प्राडा जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाइएको छ ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमलाई प्रवक्ताबाट हटाएको हो । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको हो । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ ।

गौतम यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए ।गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर